मेरो सेवा, सुविधा जनतालाई नै

मैले एक कार्यकाल गण्डकी प्रदेश सभा सदस्यका रुपमा काम गरिसकेको छु । यस कारण प्रदेश सभाबारे जानकारी र त्यहाँ काम गर्ने शैलीबारे मलाई अनुभव छ । यस अनुभवलाई मैले फेरि तिखारेर अबको ५ वर्ष फेरि प्रदेश सभामै काम गर्न चाहन्छु ।
म प्रदेश सरकारको कानुन मन्त्री पनि बनें । मन्त्री बनेर जनताका सेवाका लागि कानुन निर्माणदेखि जनताका आधारभूत समस्या के के छन् भन्ने पनि बुझेको छु । ती समस्या निराकरणका लागि पनि फेरि प्रदेश सभामै उठेको हुँ ।
जनतामाझ म भिजेको नेता पनि हुँ, जनतामा म परिचित अनुहार हुँ । जनताका लागि के गर्दा ठीक हुन्छ भन्ने थाहा छ । गण्डकी प्रदेश सभाको नामाकरण र राजधानी निर्धारण गर्न बनेको समिति सभापतिका रुपमा पनि काम गरें । मैले प्रदेश सभाबाट सांसद हुँदा र सरकारमा सहभागी भएपछि पाउने सेवा सुविधा आफ्ना लागि प्रयोग गरेको छैन ।
सबै सेवा, सुविधा जनताकै लागि पठाएको छु । जनताका लागि एक कार्यकाल काम गरिसकेको मैले कसैलाई पनि चित्त नदुख्ने गरी काम गरेको छु । यसरी नै काम गर्ने मेरो लक्ष्य हुनेछ । जनतामाझ घरदैलेमा पुग्दा जनतामा मेरो उम्मेदवारीले उत्साह जागेको पनि देखेको छु ।
उहाँहरु असाध्यै खुसी हुनुहुन्छ र मेरो कामको मूल्यांकन पनि सही ढंगले गर्नुभएको छ । उहाँहरुकै सेवाका लागि यसपाली मेरो उम्मेदवारी हो । निर्वाचित भएको खण्डमा अविचलित रुपमा म अहोरात्र खटिनेमा कटिबद्ध छु ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया