निर्वाचन विशेष

गण्डकी बदल्ने इच्छाशक्ति छ

समाधान संवाददाता २०७९ मंसिर १ गते १५:२७

नेकपा एमाले अहिले पाँच दलीय गठबन्धनका लागि बाघ जस्तो भएको छ । एमालेको एकता, संगठन, कार्यशैली, राष्ट्रभक्ति र योजनाले उनीहरु डरले थरहरी भएका छन् । गठबन्धनका लागि डरको बिम्ब भए पनि हामी जनताबीच प्रिय छौं ।

Advertisement

एमालेले देशको कायाकल्प गर्ने धेरै योजना सुरुआत गरेको छ । देशमाथि विदेशीले थिचिमिचो गर्दा सतिसाल भएर उभिएको छ । स्थिर सरकार र समृद्धिको विश्वसनीय मार्गचित्र प्रस्तुत गरेको छ । हामी अहिले एक्लै उभिएका छौं, ढोडका बैशाखी टेकेका छैनौं ।

पार्टीले मलाई कास्की २ (ख) उम्मेदवार बनाएको छ । पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० यहाँ पर्छन् । गएको कार्यकालमा समानुपातिकबाट सांसद हुँदा जनताको रोजीरोटीसँग जोडिने केही काम मैले गरेँ । विकास, योजनाका लागि पहल गरेँ ।

अझै केही काम अपूर्ण छन्, केही कामलाई अझ प्रभावकारी रुपमा गर्नुपर्ने छ । यसपालि प्रत्यक्षमा जनताबाट अनुमोदित भएर ती काम पूरा गर्छु भन्ने मेरो संकल्प छ । महिला सधै समानुपातिकमा मात्रै रहनुहुँदैन ।

हामी पनि पुरुषसरह जिम्मेवारी बहन गर्न सक्छौं, समाजका लागि, देशका लागि । अहिले दलहरुले देशैभर करिब ९ प्रतिशतमात्र महिलालाई प्रत्यक्षमा टिकट दिएका छन् । म घरपरिवार चलाएर, व्यवसाय सञ्चालन गरेर, सामाजिक काम गर्दै यहाँसम्म आएकी एउटी क्रियाशील महिलालाई मेरो क्षेत्रका समझदार, विवेकशील मतदाताले पक्कै न्याय गर्नुहुनेछ । ९ प्रतिशतलाई उम्मेदवारलाई घटाएर ८, ७ मा झार्नुहुने छैन भन्ने अपेक्षा छ ।

Advertisement

तपाईको प्रतिक्रिया