प्रदेश सरकारको अनुभूति दिलाउँछु

समाधान संवाददाता २०७९ मंसिर १ गते १६:३४

सघीयतालाई संस्थागत गर्न मेरो उम्मेदवारी हो । संघीयता अधुरो अपुरो छ । आधुनिक संघीयता भनेको अमेरिकामा छ । संघीयताको नमुना भारतलाई पनि हेर्न सक्छौं । संविधान जारी गर्दा घर घरमा सिंहदरबार भन्यौं । तर, प्रदेश त्यो भएन ।

Advertisement

प्रदेशलाई स्वयत्तता दिनुपर्छ । संघीयता भनेको स्थानीय सरकार पनि चलाउन पाउनुपर्छ । आजसम्म पनि मुख्यमन्त्रीले जनपथको सिपाही चलाउन सक्दैन । नेपालमा कमिङ टुगेदर होइन । होल्डिङ टुगेदर हुनुपर्‍यो ।

स्वाधीनताका सबै प्रदेश स्वयत्त तरिकाले चल्न पाउनुपर्छ । त्यहाँ भएको जल, जमिन, प्रशासन र जंगल प्रदेशले चलाउन पाउनुपर्‍यो । संघीयताको विषयमा अहिले एकदमै भ्रम फैलिरहेको छ । संघीयताले सुशासन दिनपछि संघीयता हो ।

मलाई यहाँको भूगोल थाहा छ । यहाँको भूगोल सबै अध्ययान गरेको छु । मेरो निर्वाचन क्षेत्र सुनको थाल हो । युरोनियमसँगै पर्यटकीय राजधानी बनाउने प्रचुर सम्भावना छ ।
भौतिक पूर्वाधारसँगै कृषिलाई कसरी व्यवसायिक बनाउने बन्ने योजना जरुरी छ ।

यहाँका बस्तीलाई होमस्टे कसरी चलाउने, होटल, गेष्टहाउस कसरी चलाउने, त्यो भिजन मसँग छ । यहाँ रहेको जलविद्युतको सम्भावना अध्ययन गर्दै जनताले यसबाट कसरी फाइदा लिने भन्ने खाका बनाउन जरुरी छ ।

Advertisement

अब जल, जमिन र जंगलको उपभोग अब हामीले गर्नुपर्छ । यो क्षेत्रमा पर्यटनको सम्भावन प्रचुर छ । यसलाई विकास र संरक्षण गर्न पनि मेरो उम्मेदवारी हो ।

तपाईको प्रतिक्रिया