निर्वाचन सामग्री लिएर कर्मचारी मतदानस्थलमा

रिखिराम जिसी २०७९ मंसिर २ गते १०:३५
निर्वाचन आयोगको पोखरा कार्यालयबाट बिहीबार निर्वाचन सामग्री मतदानस्थल लैजाँदै कर्मचारीहरु । तस्बिरः सागरराज तिमिल्सिना

पोखरा ।
आउँदो ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचनमा निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी भएको छ । निर्वाचनमा खटिने जनशक्ति व्यवस्थापनका काम सकिएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

Advertisement

‘टाढा भएको मतदानस्थलका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितको टोली मतदान सामग्रीसहित बिहीबार मतदानस्थलतर्फ लागेका छन्, केही शुक्रबार मतदानस्थलमा लाग्नेछन्,’ पराजुलीले भने, ‘निर्वाचनका लागि आवश्यक ७० थरी सामग्रीलाई मतदान केन्द्रमा पठाइएको छ ।’

कास्कीमा निर्वाचनका लागि २ हजार ७ सय ५२ कर्मचारी र १ हजार ३२ स्वयंसेवक परिचालन गरिएको कार्यालय प्रमुख पराजुलीले बताए । ‘एक मतदान केन्द्र अवस्था हेरिकन २० देखि २५ जना जनशक्ति खटिने छन्,’ उनले भने ।

निर्वाचनका लागि मतदाता शिक्षा कार्यालय सकिएको पराजुलीले सुनाए । मतदाता शिक्षा कार्यक्रम बिहीबार सम्पन्न गरिएको छ,’ उनले भने, ‘विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको छ ।’

यसअघि कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम गरिएको थियो ।

Advertisement

बिहीबार मध्यरातिदेखि प्रचार गर्न नपाउने(शान्त/स्थिर अवधि)को समय सुरु भएको । यस समय निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढी हुने सम्भावना भएकाले यसलाई रोक्न अनुगमन समिति गठन गरी अगाडि बढेको कार्यालय प्रमुख पराजुलीले जानकारी दिए । कास्कीमा १ सय ५० मतदानस्थल र ३ सय ४४ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय पोखरा जनाएको छ ।

कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ३४ मतदान केन्द्र छन् । १ लाख १० हजार ७ सय १५ मतदाता छन् । ५८ हजार ६४ महिला र ५२ हजार ६५० पुरुष मतदाता छन् ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ ‘१’ मा ५८ हजार ४ सय ४५ मतदाता छन् । जसमा महिला ३० हजार ८ सय २७ र पुरुष २७ हजार ६ सय १७ छन् । अन्य मतदाता १ र ७० मतदान केन्द्र छन् ।

प्रदेश सभा १ ‘२’ मा ६४ मतदान केन्द्र छन् । ५२ हजार २ सय ७० मतदाता रहेकोमा २७ हजार २ सय ३७ महिला र २५ हजार ३३ जना पुरुष मतदाता छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का लागि ९१ मतदान केन्द्र र ७९ हजार १ सय ३८ जना मतदाता छन् । ४२ हजार ४० महिला, ३७ हजार ९७ पुरुष र अन्य १ मतदाता छन् ।

प्रदेश सभा २ ‘१’ मा ४२ हजार २ सय ८२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । ४९ मतदान केन्द्र तोकिएको छ । २२ हजार ५ सय ८८ महिला र १९ हजार ६ सय ९४ पुरुष मतदाता छन् ।

प्रदेश सभा २ को ‘ख’ मा ४२ मतदान केन्द्र तोकिएको छ । जसमा ३६ हजार ८ सय ५६ मतदाता छन् । १९ हजार ४ सय ५२ महिला र १७ हजार ४ सय ३ पुरुष छन् । प्रतिनिधि सभा ३ नम्बर क्षेत्रमा १ लाख १ हजार ७ सय १५ जना मतदाता छन् । अन्य २, महिला मतदाता ५२ हजार ४ सय १८ र पुरुष मतदाता ४९ हजार २ सय ९५ छन् ।

तथ्यांक अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ३ ‘१’ मा ५८ हजार ४ सय ४५ मतदाता रहेका छन् । महिला ३० हजार ८ सय २७ र पुरुष २७ हजार ६ सय १७ मतदाता र अन्यमा १ जना छन् । ७० मतदान केन्द्र छन् । प्रदेश सभा १ को ‘ख’ प्रदेश सभा सदस्यको लागि ६२ केन्द्र र ५२ हजार ८ सय ६२ कुल मतदाता छन् । पुरुष २५ हजार ४ सय ९ र २७ हजार ४ सय ५२ महिला मतदाता छन् ।

प्रदेश सभा ३ ‘२’ मा ४८ हजार ८ सय ५३ मतदाता छन् । महिला २४ हजार ९ सय ६६ र पुरुष २३ हजार ८ सय ८६ मतदाता छन् । ५७ मतदान केन्द्र तोकिएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया