काठमाडौं–पोखरा उडान गर्दै सौर्य एयरलाइन्स

काठमाडौं ।
सौर्य एयरलाइन्सले पहिलोपटक काठमाडौं–पोखरा उडान गर्ने भएको छ । एयरलाइन्सले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीबाट जेट विमानमार्फत आन्तरिक उडान सुरू गर्ने भएको हो ।
सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत काठमाडौं–पोखरा–काठमाडौं दैनिक चार उडानको तयारी गरेको जनाएको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने काम भइरहेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए ।
‘उडानका लागि लिखित रूपमा अनुमति पाउन बाँकी छ । विमानस्थलको क्यालिब्रेसन सकिएपछि प्राधिकरणसँग सहकार्यमा जान्छौं,’ खनालले भने, ‘विमानस्थल सञ्चालनमा आउनसाथ आन्तरिकतर्फ जेट विमानमार्फत पहिलो उडान सौर्यले गर्नेछ ।’
साथै सौर्यले यही मंसिरबाट काठमाडौं–नेपालगन्ज पुनः उडान गर्ने तयारी गरिरहेको छ । करिब दुइ वर्षअघिदेखि सौर्यले यो गन्तव्यमा उडान बन्द गरेको थियो । एयरलाइन्सले हाल विभिन्न ६ गन्तव्यमा उडान गरिरहेको छ ।









कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया