स्टेप बाइ स्टेपमा विद्यार्थीले गराए चुनाव !

पोखरा ।
स्टेप बाइ स्टेप मावि मासवारले बिहीबार नमुना निर्वाचन गराएको छ । कक्षा ८, ९ र १० का विद्यार्थीको सहभागितामा नमुना निर्वाचन विद्यालय प्रांगणमा गराइएको थियो । विद्यार्थीलाई निर्वाचनबारे विविध पक्षमा जानकारी गराउन निर्वाचन भएको हो ।
नमुना निर्वाचनमा विद्यार्थी नै मतदान अधिकृत, कर्मचारी, प्रहरी र मतदाताको भूमिकामा थिए । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक छुट्टै छुट्टै मतपत्र र मतपेटिकामा मतदाता विद्यार्थीले भोट खसालेका थिए । पहिलो मतपत्र संघीय संसदको प्रत्यक्ष, दोस्रो संघीय संसदको समानुपातिक, तेस्रो प्रदेश सभा सदस्यको प्रत्यक्ष र चौथो प्रदेश सभा सदस्य समानुपातिक गरी क्रमशः मतपत्र वितरण गरी विद्यार्थीले क्रमश मतपेटिकामा मत खसालेका थिए ।
विद्यालयका सहप्राचार्य दीपक गिरीले उमेरको कारण मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न नपाए पनि विद्यार्थी प्रत्यक्ष निर्वाचनमा सहभागि बनेर निर्वाचन प्रक्रियासम्बन्धी सम्पूर्ण कुराहरु सिक्ने अवसर पाएको बताए । सामाजिक विभाग प्रमुख लक्ष्मण भण्डारीले संयोजन गरेको कार्यक्रममा कक्षा १० की छात्रा रोशनी पाठक मतदान अधिकृत थिइन् ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया