नेपाल बैंक ८७ वर्षमा

समाधान संवाददाता २०७९ मंसिर २ गते १३:०६

पोखरा ।
नेपाल बैंक लिमिटेड ८६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी गरेको छ । गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा बुधबार पोखरामा प्रभातफेरी गरिएको हो ।

पोखरा ९ पृथ्वीचोकमा रहेको बैंकको प्रदेश कार्यालयबाट सुरु भएको र्‍याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृह हुँदै पुनः पृथ्वीचोकमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा पोखरा क्षेत्र भित्रका शाखामा कार्यरत ८६ कर्मचारीको सहभागिता थियो ।

कार्यक्रममा गण्डकी प्रादेशिक कार्यालय पोखराकी प्रमुख प्रतिमा श्रेष्ठले आगामी दिनमा बैंकलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउँदै ग्राहकहरुको सेवामा लाग्ने बताइन् । उप–प्रबन्धक धु्रव पौडेलले बैंकले वार्षिकोत्वको अवसरमा शुभकामना दिँदै कर्मचारीलाई उच्च मनोबलको साथमा काम गर्न अनुरोध गरे ।

Advertisement

बैंकका नेपालभर २ सय २६ शाखा, १ सय ९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस्तै बैंकका गण्डकी प्रदेशमा ३० वटा शाखा र पोखरा महानगरपालिकामा ८ शाखा रहेको बैंकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया