हिउँ हटाउँदै मतदान केन्द्र

समाधान संवाददाता २०७९ मंसिर ३ गते १६:२३

जोमसोम ।
निर्वाचन आयोगले तोकेको समयसीमा भन्दा एक दिन ढिलो गरी मतदानमा खटिने कर्मचारीलाई शुक्रबार मतदान केन्द्रसम्म पुगेका छन् । मुस्ताङ–डोल्पा सडक माथिको करिब एक सय मिटर दूरीमा रहेको बाँक्लो हिउँ डोजर परिचालन र सुरक्षाकर्मीको सहयोगमा हिउँ पन्छाउँदै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ५ साङ्ता गाउँ स्थित हिमाली आधारभूत मतदान केन्द्रसम्म मतदानमा खटिने कर्मचारीलाई पु¥याइएको हो ।

Advertisement

स्थानीय प्रशासन र वारागुङ मुक्तिक्षेत्र ५ को समन्वयमा मुस्ताङ–डोल्पा सडकको हिउँ हटाइएको हो । सडक माथिको हिउँ पन्छाएसँगै मतदान केन्द्रमा खटाईएका कर्मचारी गन्तव्यमा पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘हिउँकै कारण आयोगले तोकेको अन्तिम दिन हामीले मतदानमा खटिने कर्मचारीलाई त्यहाँ पठाउन सकेनौं,’ प्रजिअ शर्माले,‘ डेढलाइन सकिएको पहिला ेदिन हामी जिल्लाको सुरक्षाकर्मी र वडा प्रतिनिधि पुगेर हिउँ पन्छाएर सडक खुलाएर कर्मचारी पठायौं ।’

साङ्ता स्थित हिमाली आधारभूत मतदान केन्द्रसम्म पु¥याउन प्रजिअ शर्मासहित ३ वटै सुरक्षाकर्मीको टोली हिउँ पन्छ्याउन मुस्ताङ–डोल्पा सडक पुगेको प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ शर्माले जानकारी दिए । उनका अनुसार विटक साङ्ताको मतदान केन्द्रमा मतदान अधिकृतसहित ७ कर्मचारी र ७ जना सुरक्षाकर्मी पुगिसकेका छन् । ‘आज हिउँ पन्छ्याएर मतदानमा खटिने कर्मचारीलाई त्यहाँ छोडेका छौं,’ उनले भने, ‘भोलीदेखि उहाँहरुले निर्वाचनको तयार गर्नुहुन्छ ।’

यसअघि दसैं, तिहारको सेरोफेरोमा प्रतिकुल मौसमसँगै मुस्ताङ–डोल्पा सडकमा भारी हिमपात भएको थियो । त्यस बेलाको हिमपातले पूरै मुस्ताङ–डोल्पा कच्ची सडक हिउँले सडक अवरुद्ध भएको थियो । वारागुङ मुक्तिक्षेत्रले मुस्ताङ–डोल्पा सडकको हिउँ डोजरले पन्छाइएको थियो । तर,पालिकाले सो सडकको हिउँ पन्छाएप नि भिरालो सतहको हिउँ पग्लिएर पुन सडक अवरुद्ध भएको थियो ।

दुई हप्ताअघि मुस्ताङको सबैभन्दा विकट स्थानमा रहेको साङ्ता स्थित हिमाली आधारभूत मतदान केन्द्रको अवलोकन गर्न पुगेका स्थानीय प्रशासन र सुरक्षा निकायको टोलीले घरेलु उपकरण प्रयोग गरी सडकको हिउँ पन्छ्याएको थियो ।
यसअघि २ पटक मुस्ताङ–डोल्पा सडकको हिउँ पन्छाए पनि पुन हिउँ सडकमा थुप्रिँदा सडक अवरुद्ध भएको थियो ।

Advertisement

बिहीबार मुस्ताङका ५ स्थानीय तहका ३८ मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारी मतपत्र र मतदान सामाग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा प्रस्थान गरे पनि मुस्ताङ–डोल्पा सडक हिउँले अवरुद्ध साङ्ताको हिमाली आधारभूत मतदान केन्द्रमा कर्मचारी जान सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया