माछापुच्छ्रेमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए
समाधान संवाददाता
२०७९ मंसिर ४ गते १२:२४

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । वडा नम्बर ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा सूर्य परियारले मतपेटिका फुटाएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया