कास्की कारागारमा सकियो मतदान
समाधान संवाददाता
२०७९ मंसिर ४ गते १४:१०

पोखरा ।
कास्की कारागारमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका ८५२ कैदीबन्दी मध्ये ६ जनाले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन् ।
१ जना महिला र ५ जना पुरुष कैदीबन्दीले अस्थाई मतदाता परिचयपत्रबाट मतदान गरेको कास्की कारागारका हवल्दार राजेन्द्र नेपालीले जानकारी दिए । निर्वाचनमा नखटिएका सुरक्षाकर्मीले मतदान गर्न पाउने भनिए पनि कैदीबन्दीले मात्र मतदान गरेको उनले बताए ।
मताधिकारबाट कैदीबन्दी वञ्चित नहुन भनेर कारागारमै अस्थाई मतदान केन्द्र बनाइएको उनको भनाई छ । नेपालीका अनुसार मतपेटिका निर्वाचन आयोगको कार्यालयमा पुगिसकेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया