मुस्ताङमा कांग्रेसले अंग्रता बढाउँदै,३७८ मतले योगेश अगाडी

जोमसोम– मुस्ताङमा नेपाली कांग्रेसले थप अंग्रता बढाएको छ ।३७७९ मतगणना हुँदा कांगेस उम्मेदवार योगेश गौचन थकालीले ३७८ मतले अग्रता कायम गरेका छन् ।
सोमबार बिहान ३ बजेर ४५ मिनेटमा सुरु भएको मतगणना अहिले दुई स्थानमा सुरु गरिएको छ । अहिलेसम्म कुल ३९ मतदान केन्द्र मध्ये १९ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको हो ।
पछिल्लो मतपरिणाम अनुसार कांगे्रसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० मत छ ।
अहिलेसम्म ३९ मतदान केन्द्र मध्ये लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ, फल्याक, ढाक्मर,स्याङ,घाँसा र छोनुपको मतगणना सम्पन्न भएको छ । यस्तै, घमी,छैरो,नेफुक,ठिनी,घिलिङ र साङ्ता मतदान केन्द्रको पनि मतगणना पनि सकिएको छ । अब कुल खसेको मतको करिव ३४५० मत गणना हुन बाँकी छ ।
मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो ।








‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया