गण्डकीको मुख्यमन्त्रीका दाबेदार पाण्डे गोरखाबाट विजयी
समाधान संवाददाता
२०७९ मंसिर ७ गते ८:४१

पोखरा ।
गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ९२० मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे फराकिलो मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
जम्मा सदर मत २७ हजार ३७२ हुँदा विजयी भएका पाण्डेले १६ हजार ८८२ मत पाए। उनका प्रतिस्पर्धी नेकपा एमालेका वसन्त गुरुङले ५ हजार ३६० मत ल्याए।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया