गण्डकी प्रदेश सभाः १८ सिटकाे छिनाेफानाे, कांग्रेसलाई १० सिट

समाधान संवाददाता २०७९ मंसिर ७ गते १२:५९

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्यको १८ निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । ३६ निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा हालसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै १० निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

Advertisement

नेकपा एमालेले ४ निर्वाचन क्षेत्रमा जित हासिल गर्दा कांग्रेसले बागलुङमा ४, मुस्ताङमा २, गोरखामा २, तनहुँ र मनाङमा हालसम्म १/१ सिट जितेको छ । एमालेले नवलपुरमा २, कास्की र तनहुँमा १/१ सिटमा जित हासिल गरेको छ । माओवादी केन्द्रले म्याग्दी र गोरखामा १/१ सिटमा जितेको छ ।

नेपाल स्वतन्त्र पार्टीले गोरखामा १ सिटमा जित हासिल गरेको छ । स्वतन्त्रबाट उठेका दीपक मनाङे भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । गोरखाको एक सिटमा नेपाल समाजवादी पार्टीले जित हासिल गरेको छ । नेसपाका नेताले सो क्षेत्रमा माओवादीको चिन्ह्र लिएर उम्मेदवारी दिएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ सीट प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन् । २४ जना समानुपातिकबाट चुनिने व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया