जोमसोम अस्पतालका सेवा जनस्वास्थ्य कार्यालयबाट प्रदान गरिने

सुन्दरकुमार थकाली,मुस्ताङ
मुस्ताङ
गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताललाई बहुवर्षीय भवन निर्माण योजना अन्तर्गत बजेट विनियोजन गरेपछि जिल्लामा गृहकार्य सुरु गरिएको छ । गत वैशाख ११ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सरोकारवाला सम्मिलित बैठकले अस्पताल भवन संरचना निर्माण तथा व्यवस्थापनबारे प्रारम्भिक निर्णय गरेको जनाइएको छ ।
१ वर्षअघि निर्माण भएको जिल्ला जन स्वास्थ्य कार्यालयको ३ तल भएको पक्की भवनमा साविक अस्पतालले प्रवाह गर्ने इमरजेन्सी तथा ओपिडी सेवासुविधा नियमित राखेर साविक अस्पताल भवन भएको ठाउँमा नयाँ संरचना निर्माण गर्ने निर्णय गरेको हो । २५ शड्ढयाको सेवा पु¥याउन चालु वर्षको पहिलो बजेटले अस्पताल भवन निर्माणको काम थालनी गरिने समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
भवन निर्माण थालनी गर्दा साविक सेवा कसरी अघि बढाउने भन्ने बारेमा विकल्प खोजिएको हो । गण्डकी प्रदेश अन्तर्गत रहेका अस्पताल र स्वास्थ्य कार्यालयबीच समन्वय गरेर भवन निर्माण प्रक्रिया अघि बढाउनुपर्ने सरोकारवालाले सुझाव दिए ।
जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादास उलकले भने निर्णयमा हस्ताक्षर गर्न मानेनन् । उनले आफ्नो स्वैच्छाले कार्यालय भवन प्रयोग गर्र्न दिनेबारे निर्णय गर्न नसकिने बताए । यता सरोकारवालाले जनस्वास्थ्य कार्यालय र अस्पताल नङ र मासु जस्तै भएकाले यसमा कुनै बाधा नभएको जनाए ।
अस्पताल समितिको बैठकमा घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, सहायक प्रमुख जिल्ला अधिकारी गौतम, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादास उलक, राजनितिक दल, व्यवसायी, नागरिक समाज र पत्रकारको उपस्थित थिए । गण्डकी प्रदेशले जिल्ला अस्पताल जोमसोलाई चालु आर्थिक वर्ष ३० लाख बजेट विनियोजन गरेको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया