जितपछि रवीन्द्रको सम्झना

पोखरा ।
कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेतृ विद्या भट्टराई अधिकारी बिहीबार पोखरा १८ जामुनाबोटमा पुगेर रवीन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरिन् ।
४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएसँगै उनी जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर पति रवीन्द्रको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी हुन् ।
२०७६ साल फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा विजयी भट्टराई दोस्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचिन बनेकी हुन् ।
सो अवसरमा निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित प्रदेश सभा सदस्य भीमबहादुर कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताले पनि रवीन्द्रको शालिकमा पुष्पार्पण गरेका थिए ।
उनीहरुले पोखरा १६ बाटुलेचौरस्थित मदन भण्डारी र जीवराज आश्रितको अर्धकदको शालिक, महेन्द्रपुलमा रहेको जनआन्दोलनका सहिद भीमसेन दाहाल, मुस्ताङचोक स्थित कम्युनिस्ट नेता चित्रबहादुर गुरुङ, पोखरा ७ राष्ट्रबैंक चोक स्थित सहिद झपिन्द्र कार्कीको शालिकमा माल्यार्पण गरेका छन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया