कास्कीबाट यी हुन् विजयी उम्मेदवार ?

समाधान संवाददाता २०७९ मंसिर ९ गते १३:२३

पोखरा ।


प्रतिनिधि सभा तर्फ कास्कीबाट ३ वटै क्षेत्र एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरे । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा ल्याएका हुन् ।


१ (क) र (ख) पनि एमाले उम्मेदवार विजयी भएका छन् । (क) मा एमालेका खगराज अधिकारी विजयी भएका हुन् । (ख) मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भए ।

Advertisement


यस्तै, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । प्रदेश तर्फ भने एमाले कांग्रेसले एक÷एक सिट जितेका छन् । २ (क) मा पनि एमालेका भीम कार्की विजयी भए । यस्तै, २(ख) मा नेपाली कांग्रेसका विन्दु थापा विजयी भए ।


कास्की क्षेत्र नम्बर ३ पनि एमालेकै दामोदर बैरागी पौडेल विजयी भएका छन् । गण्डकी प्रदेश सभा तर्फ भने एमाले र कांग्रेसले एक÷एक सिट जितेका छन् । ३ (क) मा एमालेका गणेशमान गुरुङ र ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी भए ।

Advertisement

तपाईको प्रतिक्रिया