६ मतले स्याङ्जा १ (२)बाट एमालेका सुधिर विजयी

समाधान संवाददाता २०७९ मंसिर ९ गते १४:५२

Advertisement

पोखरा ।

स्याङ्जा १ (२)बाट नेकपा एमालेका सुधिरकुमार पौडेल विजयी भएका छन् । उनले कांग्रेस बुद्धिबहादुर रानालाइ ६ मतले पराजित गरेका हुन् । सुधिर यसअघि आँधिखोला गाउँपालिका अध्यक्ष थिए

सुधिरले १७ हजार ४ सय ४१ मत ल्याए भने कांग्रेसका बुद्धिले १७ हजार ४३५ मत पाए ।

यस्तै राप्रपाकी शान्तीकुमारी हमालले १ हजार ५७४ मत पाएकी हुन्।

Advertisement

स्याङ्जा १ (१)बाट नेकपा एमालेकै सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन् ।

स्याङ्जा २ को मतगणना भने सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया