व्यापार मेलाका अधिकांश स्टल बुकिङ

पोखरा ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका करिब ७५ प्रतिशत स्टल बुकिङ भइसकेका छन् । मंसिर १६ देखि २५ गतेसम्म हुने मेलामा डोम तथा साधारणतर्फका गरी करिब ७५ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठले जानकारी दिए ।
मेलामा २ सय ५० हाराहारीमा स्टलहरु रहेको जानकारी दिँदै उनले भने, ‘गण्डकी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको उत्पादन तथा नवप्रवर्तनलाई बढावा दिने खालका सामग्रीका लागि विशेष स्टलको व्यवस्था गरेका छौँ, उहाँहरुलाई स्टल राख्नको लागि आमन्त्रण गर्दछौँ ।’ उनले कृषि, महिला तथा हस्तकलाका सामग्री प्रदर्शनका लागि केही स्टल रिजर्भ राखिएको पनि बताए ।
स्वदेशी उत्पादनको प्रवद्र्धन, बजारीकरण एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउने उदेश्यले आयोजित मेलालाई भव्य र सभ्य बनाउन सबैजसो तयारी अन्तिम अवस्थामा पुगेको आयोजक संस्थाका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए । उनका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
मेलाअन्तर्गत समावेश गरिएका मनोरञ्जनात्मक कार्यक्रम, खानाका स्टलहरुले अवलोकनकर्तालाई सन्तुष्ट बनाउने उनको जिकिर छ । मेलाको मुख्य प्रायोजक पोखराकै प्रतिष्ठित लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्स रहने भएको छ ।
नेपालमा बढ्दो भौतिक निर्माण एवं आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी स्टिल्स कम्पनीले पुर्याएको योगदानको मूल्यांकन गर्दै नेपालकै पुृरानो ब्रान्ड राष्ट्रिय औद्योगिक व्यापार मेलालाई समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रुपान्तरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया