भारतमा माओवादी आक्रमणबाट १६ प्रहरीको मृत्यु

एजेन्सी, भारत
भारतको महाराष्ट्र प्रान्तस्थित गढचिरौलीमा माओवादी आक्रमणबाट १६ जना सुरक्षाकर्मी मारिएका छन् ।
महाराष्ट्र प्रहरीको सी- ६० कमाण्डो रहेको गाडीलाई निसाना बनाएर नक्सल माओवादीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरूले जनाएका छन् । माओवादी गुरिल्लाको रणनीतिसँग भिड्न महाराष्ट्र प्रहरीले स्थानीय जनजातिका मानिसहरूसहितको एक विशेष दल बनाएको थियो ।
गढचिरौलीको कुरखेडा तालुका निरै घटना भएको जनाएको छ । गढचिरौली जिल्ला नक्सल माओवादीको प्रभावक्षेत्र मानिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो माओवादी आक्रमणको निन्दा गरेका छन् ।
‘महाराष्ट्रको गढचिरौलीमा प्रहरी जवानमाथि भएको घिनलाग्दो आक्रमणको कडा निन्दा गर्दछु । यो आक्रमणका दोषीहरूलाई यत्तिकै छोडिने छैन,’ मोदीले ट्विट गर्दै भनेका छन्, ‘सबै बहादुर जवानलाई मेरो सलाम छ । उनीहरूको बलिदान बिर्सिने छैन । पीडित परिवारलाई समवेदना व्यक्त गर्दछु । ‘







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया