महिला हिंसा विरुद्ध अभियानमा जोन्टा

समाधान संवाददाता २०७९ मंसिर १२ गते १३:००

पोखरा ।
जोन्टा क्लब अफ पोखराले महिला हिंसाको विरुद्धमा मंसिर २२ गतेसम्म पोखराको विभिन्न ठाउँमा सचेतनामूलक अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा उसले ९ गतेदेखि कार्यक्रम गरेको हो ।

क्लबका अध्यक्ष मनिका थापाले क्लब १९१९मा अमेरिकाको बुफेल्लो सिटीमा स्थापना भएको जानकारी दिइन् । अन्तर्राष्ट्रिय अग्रणी विश्वव्यापी पैरवी र सेवाको माध्यमबाट महिलालाई सशक्तीकरण गराउने उद्देश्यसहित क्लब बनेको उनको भनाइ थियो ।

थापाका अनुसार विभिन्न ६१ देशमा फैलिएको क्लबका ६१ हजारभन्दा बढी सदस्यहरु छन् । ‘जोन्टाले उद्देश्य, परिकल्पना, लक्ष्य प्राप्तिका लागि काम गरिरहेको छ । यसले विशेष गरी महिलाहरुको अधिकारको रक्षाका लागि लड्ने र महिला अधिकारलाई मानव अधिकारको रुपमा संरक्षण गर्ने काम गर्दछ,’ उनले भनिन् ।

Advertisement

जोन्टाले मंसिर ९ गते दिउँसो ४ बजे पृथ्वीचोकमा, मंसिर १० गते ४ बजे बसुन्न्धरा पार्कमा कार्यक्रम गरिसकेको छ । कार्यक्रम सञ्चालन न्यूज नेपाल टेलिभिजनका स्टेसन मेनेजर सुशील नेपालीले गरेका थिए । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालयमा मसिर २२ गते महिला हिंसामा परेका महिलाहरुको जानकारी लिन उनीहरुको घरघरमा घुम्ने कार्यक्रम समेत रहेको क्लबकी अध्यक्ष थापाले जानकारी दिइन् ।

कार्यक्रममा मिडिया पार्टनरको रुपमा न्यूज नेपाल टेलिभिजन एचडी, अनलाइन पार्टनर परिचय डट कम, रेडियो पार्टनर रेडियो एभरेस्ट समेत छ ।

Advertisement

तपाईको प्रतिक्रिया