गम्भीर लापरवाही, ज्यानै जान सक्थ्यो, ल्हासामा यस्तो भएको थियो राष्ट्रपतिलाई

समाधान सम्वाददाता, पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय चिन भ्रमण छोट्याएर अचानक स्वदेश फर्किएकी छन । उनी चिनको चर्चित ऐतिहासिक तथा पर्यटकीय स्थल ल्हासाबाट एक दिन अगावै नेपाल आएकी हुन । उनी त्यहा अस्वस्थ भएकाले भ्रमण छोट्याइएको हो ।
पछिल्लो समय अमेरिकालाई टक्कर दिदैं अघि बढिरहेको चिनमा नेपाली राष्ट्रपतिको उपचार सम्भव थिएन र ? किन उनलाई हतार हतार नेपाल पठाइयो ? अहिले यो चर्चाको विषय बनेको छ ।
राष्ट्रपतिलाई भएको के थियो त ?
चीनको साताव्यापी राजकिय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी ‘हाई अल्टिच्यूट’का कारण विरामी भएको खुलेको छ । हाइ अल्टिच्युडका कारण ज्यानै समेत जान सक्छ । राष्ट्रपति जस्तो भिआइपीको यात्रामा यो चानेचुने लापरवाही चाही होइन ।
हाइअल्टिच्युड हुनु भनेको अक्सिजनको कमी हुनु हो । जति उचाईमा गयो वायुमण्डलमा उती अक्सिजनको कमी हुँदै जान्छ । ल्हासा समुन्द्री सतह देखि ३६५६ मिटर उचाइमा छ । पोतला दरबार त ३७०० मिटर उचाइमा छ । यो उचाइमा सामान्य स्वस्थ मानिसलाई पनि स्या स्या हुन्छ, कतिपय त विरामी नै हुन्छन । यति उचाइमा जानको लागि बिस्तारै बिस्तारै उचाइको यात्रा गर्नु पर्छ । तर हाम्रो राष्ट्रपतिलाई झण्डै समुन्द्रको सतह देखि एकैचोटी त्यत्रो उचाइमा लगिएको छ । बेईजिङ्ग समुन्द्री सतह देखि ज्रम्मा ४४ मिटर उचाइमा छ । त्यति तलबाट सिधै ३७०० मा लैजानु लापरवाही नै हुन सक्छ ।
के हुन्छ त उपचार ?
नेपालमा भन्ने चलन छ–लेक लागेर मृत्यु । लेक तिर सास फेर्न गारो भयो र कोही मर्यो भने यसै भनिन्छ । लेक लागेको उपचार सम्भव छ । तर औषधी पानी भन्दा पनि यसको सही उपचार भनेको जति सक्यो तल झर्ने हो । अर्थात हावामा अक्सिजन धेरै भएको ठाउ तिर झर्ने । राष्ट्रपतिलाई हाइ अल्टिच्युड भएपछि ल्हासामा अक्सिजनको व्यवस्था गरिएकै थियो । यसका अलावा औषधी र झोलिलो पदार्थ पनि ख्वाइएकै थियो । तर पनि यस्तो विरामीलाई जति सक्यो छिटो तल झार्नु पर्ने हुन्छ । त्यसैले भ्रमण छोट्याइएको हो ।
अहिले उनी नेपाल आइसकेकी छन् र स्वस्थ पनि छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया