सूचना दिन सदैव तत्पर वडा नम्बर ६

समाधान संवाददाता २०७९ मंसिर १२ गते १३:३८

पोखरा ।
सूचनाको हकका लागि पोखरा महानगरको वडा सञ्जाल विस्तार अभियान अन्तर्गत ६ नं वडा सञ्जाल विस्तार एव प्रशिक्षण कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले वडाभित्र भए, गरेका सार्वजनिक काम कार्यको सूचना माग्न आउने जो कोहीलाई पनि सूचना दिन वडा सधैं तत्पर रहेको बताए ।

सूचनाको हकले वडाका जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । अध्यक्ष भट्टराईले सूचनाको हकले समग्र नेतृत्व पंक्तिलाई नै खबरदारी गरिरहेको उल्लेख गरे ।

सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की उपाध्यक्ष शिवराज बस्ताकोटीले वडा नं ६ का टोल विकास संस्थाका प्रतिनिधिलाई सूचनाको हकसम्बन्धी प्रशिक्षण दिए । कार्यक्रममा महिला सदस्य पवित्रा थापा, टोल विकास संस्थाका प्रतिनिधिहरू जुना अधिकारी र सुशीला वाग्ले, संस्थाका उपाध्यक्ष टीका आचार्य सुवेदी र सचिव सागर कार्कीले बोलेका थिए ।

Advertisement

सो अवसरमा दुर्गाप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १६ सदस्यीय वडा सञ्जालसमेत गठन भएको छ । नव गठित सञ्जालमा माधव पहारी, भीष्मा नेपाली, बुद्धिनाथ पाण्डे, रामेश्वर न्यौपाने, सुशीला वाग्ले, रेणु लामिछाने, जुना अधिकारी, नवीन त्रिपाठी, आविस्कार तिमिल्सिना, कबिन नेपाली, शंकर तिवारी, मुक्तिराज रेग्मी, पशुपति तिमिल्सिना, दिलीप आचार्य, विष्णु देवकोटा र धनेश थापा छन् ।

कार्यक्रम सूचनाको हकका लागि पोखरा महानगरका अध्यक्ष अनिल थापाको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया