सय जनाको मधुमेह जाँच

समाधान संवाददाता २०७९ मंसिर १४ गते ११:३२

पोखरा ।
लायन्स क्लब अफ पोखरा ब्युटी सिटी र लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको संयुक्त आयोजनामा मंगलबार ११४ जनाको सित्तैमा मधुमेह परीक्षण गरिएको छ।

Advertisement

रिजन चियर पर्सन निरज पन्तको प्राविधिक सहयोगमा जाँच गरिएको ब्युटी सिटीका अध्यक्ष सबी शेरचनले जानकारी दिइन् । उनले पछिल्लो समय मानिसको व्यस्त जीवनशैलीका कारण स्वास्थ्यप्रतिको चासो कम हुन थालेको जनाइन् ।

लायन किसन गिरीले मानवसेवामा निरन्तर क्रियाशील लायन्स क्लबले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया