माटोको शहर लोमान्थाङमा वृक्षारोपण

समाधान संवाददाता २०७६ वैशाख १९ गते ११:२१

सुन्दरकुमार थकाली
मुस्ताङ

माटोको शहर उपमा पाएको उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिहिबार बृक्षारोपण गरिएको छ । मे १ तारिख अर्थात १ सय ३०औं श्रमिक दिवसका अवसरमा लोमान्थाङ गाउँपालिका तथा एक्याप लोमान्थाङले संयुक्त रुपमा कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत शुशिल अर्यालले जानकारी दिए ।

लोमान्थाङ गाउँपालिकाको प्रमुख पर्यटकीय केन्द्र समेत रहेको लोमान्थाङ बजार वरपर १ सय २५ बिभिन्न प्रकार बिरुवा रोपिएको प्रशासकीय अधिकृत अर्यालले बताए । गाउँपालिका अध्यक्ष सुवर्णकुमार बिष्टले बृक्षारोपण कार्यक्रमको सुरुआत गरेका थिए ।

Advertisement

अध्यक्ष बिष्टले उपल्लो मुस्ताङलाई स्वच्छ,सुन्दर र वातावररणमैत्री तुल्याउन बृक्षारोपण गरिएको खुलाए । उनले पठार गाउँपालिकालाई हरियाली बनाउने गाउँपालिकाको योजना रहेको उल्लेख गर्दै वातावरण, धामिर्क, सांस्कृति सम्पदालाई केन्द्रमा राखेर पर्यटन प्रर्वधनमा जोड दिनु पर्ने बताए ।

एक्याप जोमसोमका प्रमुख तलसी दाहालल एक्यापले संम्पदा संरक्षणमा योगदान दिदैआईरहेको बताए । उनले प्राकृतिक सौन्दर्यता र वातावरण सन्तुलित राख्न सके मानव स्वास्थ्य तथा पर्यटकीय क्षेत्रको सुन्दरतामा योगदान पुग्ने जनाए ।

Advertisement

वृक्षारोपणमा लोमान्थाङ गाउँपालिका, एक्याप,युवाक्लव, आमा समुह, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया