यदुनाथलाई पुरस्कार

समाधान संवाददाता २०७९ मंसिर १५ गते ११:४०

पोखरा ।
सुशासन पत्रकारिता पुरस्कार २०७८ पत्रकार यदुनाथ बञ्जारालाई प्रदान गरिने भएको छ । ईन्जिनियर लेखबहादुर गुरुङले स्थापना गरेको अक्षयकोषबाट स्थापित यो पुरस्कार सुशासनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ । यो भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ९ का दिन प्रदान गरिँदै आएको छ ।

प्रतिभा छनोटका लागि सुनासका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा सदस्यहरु पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी र पत्रकार श्याम कुँवर थिए । समितिले सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक यदुनाथ बञ्जारालाई पुरस्कृत गर्न गरेको सिफारिस सुनासको बैठकले अनुमोदन गरेको सुसाशनका लागि नागरिक समाज (सुनास) का अध्क्ष रवीन्द्रनाथ बास्तोलाले बताए ।

सिआइएस पत्रकारिता पुरस्कार लगायत विभिन्न सामाजिक संस्थाबाट पुरस्कृत भइसकेका बञ्जारा पत्रकार महासंघ गण्डकी प्रदेश सचिव र सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष छन् ।

Advertisement

तपाईको प्रतिक्रिया