पूर्वी नवलपरासीमा ३० हजार मत बदर

कावासोती ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९ सय २५ मत बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८६ हजार ६ सय ७० मत खसेकामा ४ हजार १ सय ३ मत बदर भएका छन् ।
प्रदेशसभा तर्फ क्षेत्र नं १ (१) मा खसेको मत ४१ हजार ४ सय १ मध्ये १ हजार ७ सय ४४ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १(२) मा १ हजार ७ सय ७७ मत बदर भएका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४५ हजार १ सय २९ मत खसेको थियो ।
क्षेत्र नं २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकामा तीन हजार चार सय ६२ मत बदर भएका छन् । प्रदेशसभातर्फ क्षेत्र नं २(१)मा कूल खसेको मत ४२ हजार पाँच सय ९० मध्ये एक हजार तीन सय ३६ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १(२) मा एक हजार दुई सय १४ मत बदर भएका हुन ।
यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२ हजार चार सय ९६ मत खसेको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं १ मा ८७ हजार चार सय ९१ मत खसेकामा तीन हजार सात सय ८५ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८३ हजार छ सय ८६ मत खसेकामा तीन हजार चार सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए ।
प्रदेशसभा तर्फ क्षेत्र नं १(१)मा कूल खसेको मत ४१ हजार दुई सय ३१ मा तीन हजार एक सय ६४ मत बदर भएका छन् भने क्षेत्र नं १(२)मा कूल खसेको मत ४५ हजार एक सय चारमा तीन हजार दुई सय १९ मत बदर भएका भुसालले बताए । प्रदेशसभाको क्षेत्र नं २(१)मा कूल खसेको मत ४२ हजार तीन सय ९७ मा एक हजार नौ सय ७८ मत र क्षेत्र नं २(२)मा कूल खसेको मत ४२ हजार छ सय २८ मा एक हजार सात सय २२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिए ।
धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले सुनाए । यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वी नवलपरासीमा २ लाख ६० हजार चार सय ६१ मतदाता थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया