मदरल्यान्डमा शैक्षिक सामग्री प्रदर्शनी
पोखरा ।
मदरल्यान्ड माध्यमिक विद्यालय पोखरामा बुधबार शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी भएको छ । विद्यार्थीमा रहेको क्षमताको पहिचान र सामग्री निर्माणसम्बन्धी व्यावहारिक सीप विकास गर्ने उद्देश्यले कार्यक्रम भएको हो ।
कक्षा १ देखि ९ सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त कार्यक्रम आइतबारदेखि बुधबारसम्म चलेको थियो । कक्षा १ देखि तीनसम्मका सामग्री आइतबार र सोमबार प्रदर्शन गरिएका थिए भने ४ देखि ९ सम्मका सामग्री मंगलबार र बुधबार प्रदर्शन गरिएका थिए ।
विषयगत रूपमा नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको व्यावहारिक अध्ययन/अध्यापनका लागि विशेष उपयोगी हुने गरी विद्यार्थीले सामग्री बनाएको सहकार्यकलाप प्रमुख सुनील सुवालले बताए ।
अधिकांश सामग्री घर तथा वरपर निस्किएका खेर जाने वस्तुको पुनप्र्रयोग गरी बनाइएका थिए । विद्यार्थीलाई व्यावहारिक सीपसँग जोड्नका लागि दैनिक उपभोग्य सामग्रीको नमुना बिक्री पनि गरिएको थियो ।
कक्षागत रूपमा छनोट हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका सामग्री प्रदर्शनमा राखेर तीमध्ये पनि उत्कृष्ट सामग्री र निर्माकर्तालाई पुरस्कृतसमेत गरिएको छ । कक्षा ५ मा अध्ययनरत विद्यार्थीद्वारा निर्माण गरिएको रकेटसमेत सो अवसरमा प्रदर्शन गरिएको विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले बताए ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया