मादीको हिउँदे अधिवेशन पौष ६ र ७ गते

समाधान संवाददाता २०७९ मंसिर १७ गते १७:१६

पोखरा ।

Advertisement

कास्कीको मादी गाउँपालिकाको हिउँदे अधिवेशन पुष ६ र ७ गते हुने भएको छ । मादी–२ को पर्यटकीय डाँडा क्रपुमा शनिबार बसेको आठौँ कार्यपालिका बैठकले हिउँदे अधिवेशनको मिति तय गरेको हो ।

मादी गाउँपालिकाभित्रका पर्यटकीय एवं धार्मिक स्थलहरूमा घुम्ती बैठक बस्ने कार्यक्रमअन्तर्गत क्रपु डाँडामा शनिबार कार्यपालिका बैठक बसेको थियो । बैठकले गाउँपालिका मातहत उद्यम विकास समिति, योजना तथा कार्यक्रम अनुगमन समिति गठन गर्ने, ताङतिङदेखि क्रपु डाँडाको ग्रामीण सडक स्तरोन्नति गर्ने, सिक्लेस–क्हफुचे हिमताल–त्हि हुँदै तारा हिलटप पदमार्गको विकास गर्ने निर्णय गरेको मादी–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । सिक्लेस–तार हिलटप पदमार्गलाई दुईदेखि तीन दिनको पदमार्गका रुपमा विकास गर्ने योजना गाउँपालिकाको छ ।

आगामी दिनमा पनि कार्यपालिका बैठक गाउँपालिकाभित्रका धार्मिकस्थल लम्तरी, विश्वकै होचो स्थानमा रहेको हिमताल क्हफुचे, थाकहिल, कोरी, गुरुङहरूको पैतृक थलो क्वहोलासोथारलगायत ठाउँहरूमा बस्ने गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए । अघिल्लो कार्यकालमा बेदबहादुर गुरुङ श्याम अध्यक्ष हुँदा घुम्ती बैठक बस्ने सुरुआत भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया