स्याङ्जा २ः कांग्रेसका धनराज गुरुङको जीत सुनिश्चित
समाधान संवाददाता
२०७९ मंसिर १७ गते १९:५०

पोखरा ।
कांग्रेसले प्रतिनिधिसभा सदस्यमा थप १ सिट सुरक्षित गरेको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ गन्न बाँकी मत भन्दा बढि मतान्तरले अगाडि भएपछि जित सुनिश्ति भएको हो ।
गुरुङ एमालेकी पद्मामा अर्याल भन्दा ५९ सय ७५ मतले अघि छन् । यहाँ ४८ सय ७१ मत मात्र गन्न बाँकी छ ।
पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत ल्याएका छन् । भने एमालेकी अर्यालले २३ हजार ५९१ मत ल्याएकी छन् । यस्तै, गण्डकी प्रदेश सभा ख मा पनि कांग्रेसका महेश भट्टराई जीत नजिक पुगेका छन् । भट्टराईले १७ हजार २१९ मत ल्याउँदा एमालेका बुद्धिमान श्रेष्टले १४ हजार १२१ मत ल्याएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया