सिर्जनशील बालविकासद्वारा १४ विद्यार्थीलाई छात्रवृत्ति
समाधान संवाददाता
२०७६ वैशाख १९ गते १२:१४

समाधान संवाददाता
दुलेगौंडा
शुक्लागण्डकी ७ टुँडामा आयोजित कार्यक्रममा शुक्लागण्डकी र भीमाद नगरपालिकाका १४ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरिएको छ ।
पोखराको सिर्जनशील बालविकास कार्यक्रमले बुधबार विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको हो । बाल विकास कार्यक्रमका अध्यक्ष धनु गिरीले आर्थिक समस्याका कारण पढ्न नसक्ने विद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री प्रदान गरेको जानकारी दिँदै प्राप्त सामग्रीको सदुपयोग गर्न आग्रह गरे ।
‘अहिलेका छोराछोरी बुढेसकालका सहारा हुन,’ उनले भने, ‘भोलि उनीहरुबाट राम्रो अपेक्षाका लागि आज शिक्षा राम्रो दिनुपर्ने हुन्छ ।’ उनले सीपमूलक तालिम लिएर स्वाबलम्बी हुनुपर्नेमा जोड दिए ।
बालविकासका फिल्ड सुपरभाइजर नवराज गिरीले संस्थाले तनहुँमा ८३ जना विद्यार्थीलाई सहयोग गर्दै आएको जानकारी दिए ।
सम्बन्धित







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया