गण्डकी विश्वविद्यालयमा आविस्कार केन्द्र

लेखनाथ ।
गण्डकी विश्वविद्यालयमा आविस्कार केन्द्र खुलेको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको विश्वविद्यालयमा स्थापित गण्डकी विश्वविद्यालय अनुसन्धान केन्द्र अन्वेषण तथा आविस्कार केन्द्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सुरुआत गरे । पोखरा ३२ को लामातारमा अनुसन्धान केन्द्र निर्माण भएको छ ।
उनले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताए । मन्त्री पौडेलले नेपालमा नै विश्व मापदण्डको अनुसन्धान केन्द्र स्थापना गरी सम्भावना खोजी गर्नुपर्ने विचार राखे । नेपाली भूमीमा विदेशी आएर अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । विज्ञानलाई कसरी समाजसँग जोड्ने सकिन्छ भन्नेतर्फ चिन्तन गर्न उनले सुझाए ।
नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटा, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, नास्टका विज्ञान संकाय प्रमुख निशा राणा, गण्डकी प्रदेश बिशिष्टिकृत अनुसन्धान केन्द्र व्यवस्थापन समिति अध्यक्ष डा इन्दिरा पराजुली, नास्टका प्रशासकीय अधिकृत दीपेन्द्रराज भण्डारी लगायतले बोलेका थिए । २०७६ सालमा स्थापना भएको गण्डकी विश्वविद्यालयले कोदोको रक्सीबारे अनुसन्धान गरिरहेको छ ।







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया