स्टेप वाइ स्टेपमा खेलकुद

समाधान संवाददाता २०७९ मंसिर १९ गते ११:३८

पोखरा ।
स्टेप वाइ स्टेप मावि मासवार पोखराको चालु शैक्षिक सत्रको ३४ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । पहिलो दिन फुटबल, भलिबल, १ सय मिटर दौड, २ सय मिटर दौड रिले दौड, टेबल टेनिस, टग अफ वार, चम्चा दौड, बेलुन फुटाइ, मिठाई दौडका प्रारम्भिक चरणका खेल भएका छन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले नेपालीले खेलकुदमार्फत विश्वमा पहिचान बनाउन सक्ने बताइन् । विद्यालयले उत्पादन गरेका विद्यार्थी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीका रुपमा विभिन्न क्लबमा अनुबन्धित भएको उनको भनाइ छ ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थीलाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन सकिने जनाए । पढाइका साथसाथै खेलकुदका पनि ठूलो महत्व भएकाले वर्षभरी नै समय तालिका बनाएर कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

Advertisement

कार्यक्रममा सहप्राचार्य दीपक गिरी र कोर्ओडिनेटर सूर्यप्रसाद लम्सालले पनि बोलेका थिए । खेलकुद प्रतियोगिता मंगलबार सकिने प्रतियोगिताका सहसंयोजक शिक्षक रामचन्द्र शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया