शिव शक्ति क्याम्पस प्रमुखमा चन्द्रकान्त

समाधान संवाददाता २०७९ मंसिर १९ गते ११:४९

पोखरा ।
पोखरा ११ फूलबारी स्थित शिव शक्ति क्याम्पसको प्रमुखमा चन्द्रकान्त रेग्मी नियुक्त भएका छन् । शनिबार सञ्चालक समिति अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा बसेको बैठकले सहप्राध्यापक रेग्मीलाई क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

नव नियुक्त क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले यसअघि पनि क्याम्पस प्रमुखको भूमिका निर्वाह गरिसकेका छन् । उनी पृथ्वीनारायण क्याम्पसमा शिक्षाशास्त्र संकाय अर्थशास्त्र विभागको विभागीय प्रमुखसमेत बनेका थिए ।

क्याम्पस स्थापनादेखि नै निरन्तर अभिभावकीय भूमिका निभाउँदै आएका व्यक्तित्वलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएकाले क्याम्पसले आगामी दिनमा शैक्षिक उन्नतिमा फड्को मार्ने अध्यक्ष बास्तोलाले अपेक्षा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया