विद्यार्थीलाई पोखरा हिमालयनको साथ
समाधान संवाददाता
२०७९ मंसिर १९ गते १२:४९
पोखरा ।
लायन्स क्लब अफ पोखरा हिमालयनले सरस्वती आधारभूत विद्यालय, सिमलेपातले, तालपारी, पोखरा २२ का विद्यार्थीलाई सहयोग गरेको छ । करिब ४२ हजारका शैक्षिक, खेलकुद सामग्री तथा विद्यालय पोशाक त्यहाँ अध्ययनरत विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष अशोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव इन्जिनियर पूर्णबहादुर गुरुङ, ड्रिस्ट्रिक्ट ३२५ एल रिजन डी जोन नाइनका जोन चियरपर्सन सुबिन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद द्वा, विद्यालयका प्राधानाध्यापक युवराज बराल र कार्यक्रम संयोजक क्लबका पूर्व अध्यक्ष विनोद कायस्थले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया