पिङबाट खस्दा युवती गम्भीर घाइते

समाधान संवाददाता २०७९ मंसिर २० गते १०:२८

पोखरा ।
पोखरामा जारी २२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलाको पिङबाट खस्दा एक युवती गम्भीर घाइते भएकी छन् । मेलामा आइतबार बेलुका पिङको एउटा डिब्बा अनियन्त्रित हुँदा २२ वर्षीय अस्मिता लिम्बु खसिन् ।

Advertisement

उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पिङ खेल्दा पिङको एउटा डिब्बा अनियन्त्रित हुँदा ३ जना पिङबाट खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

‘रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुँदा ३ जना भुइमा खसेका हुन्, खसेकामध्ये २ जना सामान्य घाइते भएका छन्,’ उनले भने, ‘अस्मिताको टाउकोमा गम्भीर चोट लागेकाले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।’

टिकटक बनाउँन लाग्दा पिङको डब्बा अनियन्त्रित भएको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया