
जोमसोम ।
तारा एअरले मुस्ताङमा दुर्घटना भएको विमानको सामान संकलन सुरु गरेको छ । कम्पनीले सोमबारदेखि मुस्ताङको थासाङ गाउँपालिका २ मा पर्ने पानीपाथी हिमालको फेद सानुसरे पहाडमा छरिएको दुर्घटनाग्रस्त विमानको सामान संकलन गर्न थालेको हो ।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएइटी ट्विनेटर विमान मुस्ताङको सानुसरे पहाडमा दुर्घटना भएको थियो । त्यस बेला विमानमा सवार १९ जनाले ज्यान गुमाएका थिए । तारा एअरको विमान दुर्घटना भएको ७ महिनापछि विमानको टुक्राटा दुर्घटना भएको ७ महिनापछि विमानको टुक्राटाक्री जम्मा गर्न सुरु गरिएको हो ।
स्थानीय प्रशासन, प्रहरी र एक्याप जोमसोमसँग अनुमति लिएर सामान संकलन गरिएको हो । ताराले विमानको सामान संकलन गर्ने जिम्मा सडक सुपरभाइजर ईन्द्रसिंह शेरचनलाई दिएको छ । शेरचनकै अगुवाईमा अहिले पानीपाथी हिमालको सानसरे पहाडमा विमानका जम्म गरिँदै सानसरेमा छरपष्ट थिए ।
छ । ’तारा एअरले विमानका सामान खोज्न र संकलन गर्न मलाई जिम्मा दिएको छ,’ शेरचनले भने, ’७–८ जना भएर सामान संकलन गर्न थालेका छौं।’ उनले सानुसरे पहाडबाट सामान संकलन गरेर सडक मार्गमा ल्याई पुयाउन एक हप्ता लाग्ने जानकारी दिए ।
यसअघि ताराको विमान दुर्घटना हुँदा सो स्थानबाट ब्लाक बक्स भेटिएको थियो । कम्पनीले सो बेला ब्याक बक्स सम्बन्धित निकायमा पुयाए पनि विमानका अन्य सामान पानीपाथी हिमालको सानसुरेमा छरपष्ट थिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया