वाइडबडीबारे देउवा भन्छन्ः मेराे के दाेष

धनगढी
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आह्वान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएकोले आफ्नो कुनै संलग्नता नरहेको उनको तर्क छ।
सोमबार सुदूर पश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले दाहाल प्रधानमन्त्री हुँदा २०७४ वैशाख ७ गते जहाज खरिदमा सरकार जमानी बस्ने निर्णय भएको बताए।
‘म प्रधानमन्त्री हुँदा १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए। भर्खरै प्रधानमन्त्री भएको बेला थियो, कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन,’ देउवाले भने, ‘मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन। मेरो अधिकार पनि होइन। मेरो जानकारीबिना केही भयो होला मलाई थाहा छैन।’
जहाज खरिदमा आफ्नो नाम जोडेर अन्यापूर्ण काम गरिएको उनले बताए।
‘त्यसै नाम जोड्ने कुरा भएन नि, यो अन्यायपूर्ण हो,’ देउवाले भने, ‘प्रचण्डजी प्रधानमन्त्री छँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ। मैले कुनै निर्णय गरेको थिइनँ। अनि मलाई किन दोष ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया