प्राज्ञसभा रोक्न माग

समाधान संवाददाता २०७९ मंसिर २२ गते १५:१३

पोखरा ।
नेपाली लेखक संघले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्ले आजीवन सदस्यका लागि नाम सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ । कुलपति र सदस्य सचिवको कार्यकाल सकिएर निमित्तको भरमा चलेको परिषद्ले यस्तो कार्य गर्न नसक्ने संघको ठहर छ ।

Advertisement

बुधबार संघका अध्यक्ष तीर्थ श्रेष्ठ र महासचिव सोझो गाउँलेद्वारा जारी विज्ञप्तिमा कामचलाउ परिषद्ले राज्यकोषबाट कसैलाई आजीवन तलब, सुविधा उपलब्ध गराउने खालको निर्णय गर्नु खेदजनक भएको उल्लेख छ ।

‘आफू अनुकूल कार्यविधि संशोधन गरी आफैंले गठन गरेको समितिद्वारा आफ्नै नाम सिफारिस गर्न लगाई कुलपतिबाट निवर्तमान भएको २ महिना नबित्दै आजीवन सदस्य बन्नका लागि गरेको यस्तो जालसाजीपूर्ण हर्कतले प्राज्ञिक संस्थाको मर्यादालाई धुलीसात बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत साउन ३० गते नै अन्तिम भनेर प्राज्ञसभा बोलाइएको भन्दै अमूक व्यक्तिको निहित स्वार्थ पूरा गर्नका लागि फेरि मंसिर २५ गते प्राज्ञसभा बोलाउनु आपत्तिजनक भएको बताएको छ । उक्त प्राज्ञसभा तत्काल स्थगित गर्न संघको माग छ ।

Advertisement

तपाईको प्रतिक्रिया