सिनियर र जुनियर फुटबल सुरु

पोखरा ।
प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर र जुनियरतर्फ फुटबल प्रतिस्पर्धा सुरु भएको छ । निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत बुधबारबाट फुटबलका प्रतिष्पर्धा सुरु भएका हुन् ।
प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेल भएको प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले जानकारी दिए । जुनियर फुटबलतर्फ ५६ टिम र सिनियर फुटबलतर्फ ६९ टिमको सहभागिता छ ।
सिनियरतर्फ पोखरा लनर्सले नृपाल आदर्श विद्यालयलाई ५–४ ले, हिल पोइन्टले इडेनलाई ३–१ ले, हिमाञ्चलले न्यू मोडललाई २–० ले, ग्लोबलले बेसलाइन एकेडेमीलाई ३–२ ले र भ्यू पोइन्टले केल्सलाई ७–० गोल अन्तरले पराजित गरेका छन् ।
यस्तै, पोखरा युनाइटेडले रिभरडेललाई ३–० ले, बाल विद्याले लेखनाथ विभूतिलाई ३–२ ले, सरस्वतीले फेवा पव्लिकलाई १–० ले, विद्या निकेतनले भाष्करलाई ५–१ ले, गोल्डेन नेचरले सूर्योदयलाई २–० ले पराजित गरेका छन् ।
छात्र जुनियरतर्फ टप्स, शिशु कल्याण, मेट्रो पोलिटान, बेसलाइन र पोखरा एकेडेमी विजयी बने । नेपाल आदर्श खेल मैदानमा सञ्चालन भएको खेलमा एक्स आर्मी, मनकामना, सरस्वती, गोल्डेन नेचर र इडेन्स माविले पहिलो चरणमा जित हासिल गरेका छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया