मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु
समाधान संवाददाता
२०७९ मंसिर २३ गते १४:५६

पाेखरा ।
पोखराकाे मणिपाल शिक्षण अस्पतालबाट खसेर १ महिलाको निधन भएको छ । सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो ।
मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न पुगेकी धनसरी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।
धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत रहेकी प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया