लेकसाइडमा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज सञ्चालन

पोखरा ।
डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा. लि.होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको प्राली १२ करोड लगानीमा शुरु गरिएको समुहद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एउटै छाना मुनि विभिन्न सुविधा रहेको हिमालयन ग्लोरीको माथिल्लो तीन तलामा बनाइएको होटलमा वातानुकुलित बल्कानी सहित १५ कोठाहरु रहेका छन् । माथिल्लो दुई तलामा बनेको रेष्टुरेष्ट ‘स्काई गार्डेन’को अवधारणा अनुरुप बनाइएको प्रालिका निर्देशक भिष्मराज पौडेलले जानकारी दिए ।
आधुनिक लिफ्ट समेत जडान गरिएको भवनबाट फेवाताल, सराङकोट, शान्ति स्तुपा, पुम्दिकोट लगायत लेकसाइड वरपरको दृश्यावलोकन गर्न सकिन्छ । चाइनिज, कन्टिनेण्टल, थाई, इन्डियन, नेपाली खाना तथा बजारमा उपलब्ध सबै किसिमका पेय पदार्थ कक्टेल, मक्टेलका परिकारहरु रेष्टुरेण्टमा पाइने पौडेलले बताए ।
१६५ सिट क्षमता रहेको रेस्टुरेन्टमा ग्राहकको सहजताका लागि नेपालीपन झल्कने गरि मझेरी, भट्टी, दृश्यहल, भन्ज्याङ, पलेटी, कौशी, पालि, पानी फोहोरा, खुल्ला आकाश लगायत फरक फरक कक्षहरुको निर्माण गरिएको छ ।
झण्डै ४० जना अटने हल समेत रहेकाले सभा सेमिनारका लागि पनि यो स्थान उपयुक्त भएको प्रालिका अर्का निर्देशक विश्वराज पौडेलले पत्रकार माझ जानकारी दिए । सन् २०१८ को अगस्ट देखि निर्माण सुरु हिमालयन ग्लोरी इन प्रा. लि. को सुरुवाती लागत करीब रु १० करोड अनुमान गरेको भएपनि निर्माणकार्य पुरा नहुँदै कोरोना संक्रमणका कारण निर्माण अवधि लम्बिदा लगानी बढेर १२ करोड पुगेको पौडेलले जनाए ।
हरेक हप्ताको ३ दिन ‘सोलो आर्टिष्ट’को सांगेतीक प्रस्तुती रहने रेष्टुरेण्ट परिषरमा हरियाली र बगैचा निर्माण गरिएको छ । होटलका कोठाको सजावटमा रहेका अधिकांश सामग्रीहरु ढाकाको कपडा, थान्का, नेपाली पेन्टीङ लगायतका नेपाली उत्पादनलाइ प्राथमिकता दिई प्रयोग गरिएको छ । रेष्टुरेण्टमा स्वदेश तथा विदेशमा काम गरी अनुभव हासिल गरेका दक्ष कर्मचारीहरु रहेका प्रालीका कर्पोरेट म्यानेजर लेखनाथ पहारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया