टाटाको विद्युतिय कार टिगोर इभि सार्वजनिक

पोखरा ।
सिप्रदी ट्रेडिङले टाटा मोटर्सको इलेक्ट्रिक कार टिगोर इभी पोखारमा सार्वजनिक गरेको छ । टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले शनिबार कार सार्वजनिक गरेको हो ।
टिगोर जिपट्रोन प्रविधिमा आधारित छ । कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री छ । २६ किलोवाटको रहेको ब्याट्री एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय देखि दुइ सय ५० किलोमिटरको दुरी गुड्छ ।
डिसीचार्जर प्रयोग गर्दा टिगोरको ० देखि ८० प्रतिशत चार्ज ६५ मिनेटमा र घरमै चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेट लाग्ने कम्पनीको भनाइ छ । पोखरामा चार्जिङ स्टेसन बुद्धचोकमा रहेको छ । चार्ज प्रतियुनिट ५ रुपैयाँ देखि पर्ने कम्पनीले बताएको छ ।
विद्युतीय टिगोरको बनावट निकै बोल्ड र आकर्षक छ । बाहिरी आर्कषणसँगै यसका विशेषताका कारण बजारमा अन्य गाडीको भन्दा माग बढि रहेको दीप मोर्टस प्राइभेट लिमेटेडका बजार अधिकृत सुरजकुमार तझ्याले बताए ।
डिजेल/पेट्रोल बाट चल्ने कार भन्दा इलेक्ट्रिक कार बढि प्रभावकारी रहने तझ्याको भनाइ छ । ‘१ रुपैयाँमा १ किलोमिटर दुरी पुग्न सक्छौं’ उनले भने ‘ अन्य भन्दा बढि सुरक्षित छ, ग्लोबल एनक्यापले ४ स्टार दिएको छ ।’
कार खरिदमा ग्राहकले ८० प्रतिशत सम्म ऋण पाउने व्यवस्था गरिएको तझ्याले जानकारी दिए । एभरेष्ट बैंक, नबिल बैंक र एनएमबी बैंक सँग सम्झौता भइसकेको उनको भनाइ छ । ७ वर्ष सम्ममा चुक्ता गर्ने गरि १२ प्रतिशत देखि माथि व्याजदरमा ऋण पाइने उनले जानकारी दिए ।
२ कलरमा उपलब्ध टाटा टिगोरको सुरुवाती मूल्य ३२ लाख ९९ हजार तोकिएको छ । टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन इभी पनि बजारमा उपलब्ध छ । नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म तोकिएको छ । गण्डकी प्रदेशमा बिक्रेताका रुपमा दीप मोर्टस प्राइभेट लिमिटेड रहेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया