कास्कीबाट रास्वपाका २ जना समानुपातिक सांसद

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । केन्द्रीय समितिको शनिबारको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकालाई छनोट गरेको हो ।
पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेडछाड नगरी नाम सिफारिस गरिएको बताए । दलिततर्फ २, आदिवासी जनजातितर्फ ३, खस आर्यतर्फ ४, मधेसीतर्फ २, थारुतर्फ १ र मुस्लिमतर्फ १ जना सांसद समानुपातिकतर्फ छनोट गरेको हो ।
छनोट गरिएकोमा कास्कीबाट २ जनाको नाम परेको छ । आदिवासी जनजातितर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश कमिटी सभापति डा. ढाकाकुमार श्रेष्ठ र दलिततर्फ शिव नेपाली समानुपातिक सांसदका लागि टुंगो लागेका छन् । श्रेष्ठ आदिवासी जनजातितर्फ पहिलो नम्बरमा थिए । नेपाली दलिततर्फ दोस्रो नम्बरमा थिए ।
पहिलो पटक दल दर्ता गरेर निर्वाचनमा होमिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २१ सिट प्राप्त गरेको छ । करिब ४ महिनाअघि दल दर्ता गरेको सो पार्टीको यो निर्वाचनमा उल्लेखनीय उपस्थिति रह्यो ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया