व्यापार मेला आजसम्म

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ आइतबार समापन हुँदै छ । मेला मंसिर २५ गतेबाट सुरु भएको थियो ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले आयोजित मेलाले समग्र गण्डकीको पर्यटन प्रवद्र्धनका लागि पनि उत्तिकै जोड दिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए । पोखरा औद्योगिक क्षेत्रमा उत्पादित सामग्री, हस्तकला, कृषिका स्टलमार्फत् स्थानीय उत्पादन प्रवद्र्धन गरिएको उनले बताए ।
मेला नाफा–घाटा खोज्ने थलो नभएर समग्र अर्थतन्त्र चलायनमान बनाउने यज्ञ भएको जिकिर गर्दै उनले भने, ‘मेलाले तत्कालका लागि लाभ दिने हैन, अहिले गरिएको प्रवद्र्धनले भोलिको व्यवसाय बढाउने हो, हामी हाम्रो उद्देश्यमा सफल भएका छौँ ।’
संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको अन्तिम दिनमा भारी छुटमा सामान बिक्री भइरहेको जानकारी दिए । उनले छुटमा घरायसी तथा गुणस्तरीय सामग्री खरिद गर्ने अवसर नगुमाउन पोखरेलीलाई आग्रह पनि गरे ।
तपाईको प्रतिक्रिया