सराङकोट सहकारी १६ वर्षमा

पोखरा ।
सराङकोट बहुउद्देश्यीय सहकारीको १६ औं वर्षिकोत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन रत्तदान तथा होलबोडी चेकअप गरिएको छ ।
संस्थाले रेडियो प्रशारण, आर्थिक कारोबारसँगै सामाजिक सेवामूलक कार्यक्रम गर्दै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए । यस वर्ष लान्यस क्लब अफ पोखरा दर्पण तथा स्टार डाइग्नोस्टिक सेन्टरको सहकार्य रगत जाँचसहित स्वास्थ्य सचेतना दिइएको हो ।
यस वर्ष पोखराका ३ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र वृद्धवृद्धालाई भौतिक सामग्री वितरण गरिने कार्यक्रम संयोजक तथा क्लब अध्यक्ष राममणि पौडेलले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य महान्याधिवक्ता रोहितराज बास्तोलाले रत्तदाता दानबहादुर भुजेल, लेखनाथ तिवारीलाई ब्लड ब्याग वितरण गरे । उनले आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका हुने औंल्याए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यकाक्रममा रेयुकाइ नेपालका पूर्व केन्दीय अध्यक्ष प्रबिनकुमार गुरुङ, रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुनप्रसाद ज्ञवाली, लान्यस क्लब ३२५ यलका रत्तदान प्रखुम बालकृष्ण न्युरे, संस्थाका सललाहकार प्रेमबहादुर जिसी र डा इन्द्रमान मर्हजन, ईन्द्रकमल मान्नधर, आकस्मिक रत्तदान युनिटका प्रमुख हरिश्चन्द्र शर्मा, उपाध्यक्ष वसन्तबहादुर बानिया, कोषाध्यक्ष राममणि पौडेल, सचिव कुलप्रसाद सुवेदी, व्यवस्थापक सुरेन्द्र थापा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया