क्यान्सरसम्बन्धी सचेतना

समाधान संवाददाता २०७९ मंसिर २५ गते १३:४६

पोखरा ।
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्दि ललितपुरले पोखरामा जनचेतनामूलक कार्यक्रम गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गरेको विभिन्न खालका क्यान्सर र त्यसको अवस्थाको बारेमा हस्पिटलका नाक, कान, घाँटी, तथा थाइराइड क्यान्सर विशेषज्ञ डाक्टर प्रभातचन्द्र ठाकुरले प्रकाश पारे ।

Advertisement

उनले समस्यामा परेका कतिपय बिरामीलाई हस्पिटल र आफूहरुले सक्दो सहयोग स्वरुप उपचार गरेको बताए । नेपालमा पछिल्लो समय मुखको क्यान्सर धेरै बढेको बताउदै डा. ठाकुरले समयमै उपचार पाए डराउनुनपर्ने उल्लेख गरे । उनले पछिल्लो समय थाइराइड क्यान्सर बढेको जनाए ।

पोखराका नाक, कान, घाँटी, मुख एवं थाइराइड क्यान्सर रोग बिशेषज्ञसँग हस्पिटलले अन्तक्र्रिया गरेको मार्केटिङ अफिसर सोयन साहले बताए ।

तपाईको प्रतिक्रिया