साना किसान कृषिको सभा

लेखनाथ ।
साना किसान कृषि सहकारी पोखरा ३१ बेगनास को २३ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन शनिबारबाट सुरु भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारीले बचत तथा ऋणको कारोबारमात्र नगरी उत्पादनमुखी योजनालाई जोड दिनुपर्ने बताए ।
मेयर आचार्यले सहकारीले वस्तु तथा सेवाको उत्पादनमा जोड दिनुपर्ने जनाउँदै ठाउँको विशेषता अनुसार एक वडा, एक उत्पादनमा ध्यान दिन आग्रह गरे । जिल्ला सहकारी संघका पूर्व अध्यक्ष रविरमण तिवारीले सहकारीले कृषकलाई एकजुट गराउनुका साथै बचत गर्ने बानीको विकासमा योगदान गरेको जनाए ।
कार्यक्रममा वडा नं. ३१ का वडा सदस्य धनदेवी तिवारी, पूर्व जनप्रतिनिधि सावित्री भण्डारी, निर्वाचन संयोजक राममणि अधिकारी, कुर्लुङखोला खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नरनारायण थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, सेयर सदस्यहरुको तर्फबाट शारदा अधिकारी, हरि थापा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष सोमलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्पकमल ढुंगानाले स्वागत र सञ्चालन समितिका सदस्य कृष्णप्रसाद ढुंगानाले गरेका थिए । २०५७ मा ५ सय ७० जना सेयर सदस्यबाट सुरु भएको यो सहकारीमा हाल १ हजार ७ सय ६९ सेयर सदस्य छन् ।
तपाईको प्रतिक्रिया