जल उपयोग तथा सिंचाई उपभोक्तामा बलराम कुँवर

पोखरा ।
पोखरा जल उपयोग तथा सिंचाई प्रणाली उपभोक्ता समितिको साधारण सभा तथा चौथौं अधिवेशन भएको छ । उपभोक्ता समितिका अध्यक्ष बलराम कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सिंचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर किरण आचार्य प्रमुख आतिथिमा थिए ।
कार्यक्रम सञ्चालन समितिका सदस्य क्षेत्रवहादुर कार्कीले गरेका थिए । सचिव कृष्णप्रसाद गौतमले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले दुवै प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । ९ जनालाई उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं ११ र १२ का वडाध्यक्ष क्रमश प्रेम कर्मचार्य, सन्तोष बास्तोला, समाजसेवी नरेशबहादुर कार्की, कुष्मराज आचार्य र बेगनास जल उपभोक्ता संस्थाका अध्यक्ष श्री पुष्पराज भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनले पुन बलराम कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा इन्दिरा आचार्य, सचिवमा कृष्णप्रसाद गौतम ‘धैर्य’, सहसचिवमा अमृतबहादुर कार्की र कोषाध्यक्षमा रामेश्वर बाँनिया चयन भएका छन् । सदस्यमा छत्रबहादुर कार्की, सूर्यबहादुर बाँनिया, बाल गिरी, परशुराम शर्मा, रोमबहादुर गुरुङ, विजिता गिरी र अशोककुमार गुरुङ छन् ।
तपाईको प्रतिक्रिया