शैक्षिक भ्रमणमा आएको बसको ढोकाबाट खसेर मुस्ताङमा विद्यार्थीको मृत्यु

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ । गुल्मीबाट विद्यार्थी र शिक्षक÷शिक्षिका लिएर शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग १ ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटना स्थलबाट अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम आईपुगेको बस मंगलबार बिहान करिव ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर विद्यार्थीको मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपी कृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार बसको ढोकाबाट खसेको विद्यार्थी गम्भिर घाईते भएको र अस्पतालमा पू¥याउँदा मृत्यु भएको उनले बताए । शैक्षिक भ्रमणमा निस्किएको बसमा २६ जना विद्यार्थी, ९ जना शिक्षक÷शिक्षिका र चालक र सहचालक सवार थिए ।
बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु भएपछि बससहित बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया