
लान्द्रुक ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकमा हनी हन्टिङ फेस्टिबल २०७९ सुरु भएको छ । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह झिक्ने काम सुरु भएको हो ।
फेस्टिबलको मंगलबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे । अध्यक्ष केसीले गाउँपालिकाले पर्यटकीय गन्तव्य विकासमा कुनै आर्थिक समस्या हुन नदिने प्रतिबद्धता जनाए ।
‘लान्द्रुक पर्यटकीय गाउँ हो । कमजोरीलाई सच्याएर सुन्दर बनाउनु छ,’ उनले भने, ‘गाउँलेले मेहनत गरे गाउँपालिकाले साथ दिन्छ । हनी हन्टिङ पर्यटन विकासको एउटा माध्यम हो । आर्थिक समस्या हुन्छ भन्ने चिन्ता नगर्नुहोला ।’
हनी हन्टिङलाई आवश्यक स्रोत, साधनका योजना ल्याउन अध्यक्ष केसीले आग्रह गरे । गाउँपालिकाको बजेटबाट लान्द्रुक पुग्ने बाटो दुईतर्फी बनाएर स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । संघ र प्रदेशबाट पनि यो सडकलाई बजेट विनियोजन गर्न पहल गर्ने अध्यक्ष केसीको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले लान्द्रुकको महलाई विदेशसम्म निर्यात गर्न सक्नुपर्ने बताइन् । कोटेसाङ भीरमा ३० वटा मौरीका गोला छन् । २ दिन लगाएर ती सबै गोलामा परेको मह निकालिने फेस्टिबल आयोजक समिति सचिव कमल गुरुङले जानकारी दिए । ‘सबै गोलामा मह नहुन पनि सक्छ । मह राम्रै निस्किने भयो भने ३/४ दिन लाग्न सक्छ,’ उनले भने ।
जेठ र मंसिर गरेर वर्षमा २ पटक मह काढिन्छ । दोस्रो सिजनको मह निकाल्ने दुई दिनलाई लान्द्रुकमा फेस्टिबल नै आयोजना गरिएको हो ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया